ताजा समाचार

निर्वाचनको दिन पर्यटकका लागि छुट्टै विशेष सवारी चलाइने

काठमाडौं, ३० बैशाख । निर्वाचनको दिन पर्यटकका लागि विशेष छुट्टै सवारीको व्यवस्था गरिने भएको छ । नेपाल पर्यटन बोर्डले बैशाख ३१ गते हुने पहिलो चरणको स्थानीय तह निर्वाचनमा काठमाडौं उपत्यकामा पर्यटकका लागि विशेष छुट्टै सवारीको व्यवस्था गरेको हो ।

स्थानीय तहको निर्वाचनका दिन आइतबार पर्यटकलाई लक्षित गर्दै उपत्यकामा सवारी चलाउने भएको छ। नेपाल भम्रण आउने तथा फर्कन चाहने पर्यटकका लागि निर्वाचन आयोगसँग अनुमति लिएर सवारी चलाइने पर्यटन बोर्डका सूचना अधिकारी शरद प्रधानले बताए।

पर्यटकलाई तीनवटा रुटमा सवारीले पिकअप तथा ड्रप गर्नेछन्। पर्यटक प्रहरीको सहयोगमा बोर्डले निःशुल्क रुपमा बसहरु सञ्चालन गर्नेछ। बोर्डले निर्वाचनका दिन सम्पूर्ण पर्यटक बसहरुलाई निर्वाचन आयोगबाट पास लिएर सहज आवतजावतको व्यवस्था मिलाएको जनाएको छ।

रुट नम्बर १
पहिलो रुटमा बोर्डले एयरपोर्ट-एनएसी-न्यूरोड-होटल अन्नपूर्ण, याक एण्ड यति-ठमेल चोक-लैनचोर, होटल शंकर हुँदै एयरपोर्टसम्म रहेको छ।

रुट नम्बर २
एयरपोर्ट होटल-साँग्रिला-नारायण गोपाल चोक-ह्यात रिजेन्सी-चावहिल-होटल द्वारिकाज् हुँदै पुनः एयरपोर्टसम्म फर्किने रुट निर्धारण गरेको छ।

रुट नम्बर ३
एयरपोर्ट-तीनकुने-होटल एभरेष्ट-माइतीघर-होटल हिमालय-सेन्ट जेभियर्स स्कुल-होटल सोल्टी हुँदै एयरपोर्टसम्मको तीन नम्बर रुट कायम गरेको छ। यी रुटमा पर्यटक प्रहरीको सहयोगमा विहान ६ बजेदेखि नै सवारी चल्ने बोर्डले जनाएको छ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org