ताजा समाचार

सशस्त्र प्रहरीले चलाएको गोली लागेर काभ्रेमा एक जनाको मृत्यु

काभ्रे, ३१ बैशाख । काभ्रेमा गोली लागेर एक जनाको ज्यान गएको छ । शनिवार राति सशस्त्र प्रहरी बल (एपीएफ) ले चलाएको गोली लागेर नमोबुद्ध नगरपालिका ३ का २८ बर्षीय नवराज पाठकको ज्यान गएको प्रहरीले जनाएको छ ।

स्थानीय प्रत्यक्षदर्शीले सशस्त्रले चलाएको गोलीबाट उनको ज्यान गएको दाबी गरेपनि यकिन हुन नसकेको अनुसन्धानमा खटिएका जिल्ला प्रहरी कार्यलयका डिएसपी नविनराज राईले जानकारी दिए । घटनास्थल नजिकैको जनक बहुमुखी क्याम्पसमा सशस्त्र प्रहरी बल क्याम्प खडा गरेर बसेको छ ।

स्थानीयका अनुसार, दिउसो सशस्त्रसँग स्थानीयको विवाद भएको थियो । प्रमुख जिल्ला अधिकारी शिवप्रसाद सिंखडाले भने मोटरसाइकलमा आएका अज्ञात व्यक्तिले गोली चलाएको सूचना आएको दाबी गर्दै प्रहरीलाई गोली चलाउन कुनै आदेश नदिएको बताए । उनले घटनाबारे अनुसन्धान थालिएको जानकारी दिए ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org