ताजा समाचार

एमाले उम्मेदवार घर अगाडी अज्ञात समूहले राखेको बम नेपाली सेनाद्धारा विस्फोट

भक्तपुर, ३१ बैशाख । भक्तपुरमा शक्तिशाली बम बिस्फोट भएको छ । मध्यपुर ठिमी नगरपालिका वडा नम्बरम ३ को बस स्टेशन छेउमा फेला परेको बम नेपाली सेनाको बम डिस्पोजल टोलीले विस्फोट गराएको हो । नेकपा एमालेका मेयर प्रत्याशी मदनचन्द्र श्रेष्ठको घर अगाडि अज्ञात समूहले राखेको बमलाई सेनाको टोलीले विस्फोट गरेको हो ।

एउटा बम विस्फोट गराए लगत्तै सेनाले अर्को बम विस्फोट गराएको छ । उक्त क्षेत्रका स्थानीयवासीमा आतंक फैलिएको छ। बम विस्फोट भएको स्थल भन्दा दुई सय मिटर टाढा नजप्रेमी मावि कौशलटारमा मतदान केन्द्र रहेको छ । बम विस्फोट स्थलमा सेना, प्रहरी, मानवअधिकार्मीको टोली उपस्थित भएका छन्।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org