ताजा समाचार

मतदान स्थलमा यस्तो गर्नुभयो भने, २ लाख जरिवानामा पर्नुहोला


काठमाडौं, ३१ बैशाख । लामो समयको प्रतिक्षा घडी समाप्त भएको छ । दुई दशकदेखि हुन नसकेको स्थानीय तहको निर्वाचन आज विभिन्न ३ प्रदेशका २ सय ८३ तहमा मतदान जारी छ । मतदाता पनि मतदान गर्न निकै उत्साहित भएका छन् । कोही २० वर्ष पहिले मतदान गरेका बुढो भईसकेका छन्, भने कोहीको त मृत्यु समेत भईसकेको छ ।

जो २० वर्ष पहिले जन्मिएका थिए, उनीहरु सम्भवतः पहिलो पटक मतदान गर्दैछन् । मदतान स्थलहरुमा छुट्टै रौनक छाएको छ । मतदान गर्ने समय आज विहान ७ बजेबाट सुरु भएर बेलुका ५ बजेसम्म चल्नेछ । त्यस्तै मतदान स्थल तथा मतदाताको सुरक्षा व्यवस्था समेत कडा पारिएको छ । तपाई स्थानीय तह निर्वाचनको मतदाता हो भने ख्याल गर्नुहोस् है मतदानस्थलमा बर्जित गरिएका गतिविधि गर्नुभयो भने तपाईलाई जरिवाना र कैद सजाय हुनसक्छ ।

मत दिएको मतपत्र मतपेटिकामा राख्नुअघि तपाईले कसैलाई मतपत्र देखाउनुभयो भने पनि तपाई फन्दामा पर्न सक्नुहुन्छ । यदि तपाईले मतदान गरेपछि कसैलाई मतपत्र देखाउनुभयो भने १५ हजार जरिवानामा पर्नुहुन्छ । यति मात्रै होइन तपाईको मत खेर पनि जान्छ । तपाईले मतदान स्थलमा ध्यान दिनुपर्ने कुराहरु धेरै छन् । यदि ख्याल गर्नुभएन या त जानिजाति गल्ति गर्नुभयो भने तपाईलाई तीन वर्षसम्म कैद सजायसमेत हुनसक्छ ।

मतदान स्थलमा के-के गर्नु हुँदैन ?

  • तपाईको मतपत्र सार्वजनिक नगर्नुस् । यसो गरे १५ हजार जरिवाना हुन्छ ।
    मतपत्र बाहिर नलैजानुस्, २५ हजार जरिवाना हुन्छ ।
    धेरै पटक मतदान नगर्नुस् २५ हजार जरिवाना हुन्छ ।
    यदि कुनै मतदातालाई रोक्न खोज्दै हुनुहुन्छ भने पनि २५ हजार जरिवानामा पर्नुहुन्छ ।
    होहल्ला, भिडभाड नगर्नुस् ५० हजार जरिवाना हुन्छ
    चुनावी सामग्री खोस्नुभयो भने १ लाख जरिवाना र १ वर्ष कैद हुन्छ ।
    चुनावका सामग्री लुटे वा कब्जा गरे १ लाख जरिवाना र २ वर्ष कैद हुन्छ ।
    बिष्फोटक पदार्थ वा हतियार बोके २ लाख वा ३ वर्ष जेल सजाय हुन्छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org