ताजा समाचार

उपत्यकाबाट विना पास चलाईएका झण्डै १३ सय सवारी प्रहरी नियन्त्रणमा


काठमाडौं, ३१ बैशाख । निर्वाचनको समयमा विना पास चलाएका झण्डै १३ सय सवारी प्रहरी कारबाहीमा परेका छन् । प्रहरीले पहिलो चरणको स्थानीय तहको निर्वाचनका दिन विना पास चलाएका झण्डै १३ सय सवारीलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

काठमाडौंका विभिन्न स्थानबाट नियमबिपरित चलाइएका १२ सय ७६ सवारीलाई प्रहरीले विभिन्न स्थानबाट नियन्त्रण लिएको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जानकारी दिएको छ । यसमा झण्डै ११ सय वटा मोटरसाइकल मात्रै छन् ।

आज अत्यावशकीय बाहेक अन्य सवारीलाई चलाउन रोक लगाइएको छ । विभिन्न सेवाका सवारीलाई पनि निर्वाचन आयोगले सवारी पासको ब्यवस्था गरेको छ । सवारी चलाउन निर्वाचन आयोगले आज चालक अनुमति पत्र लिएका र अत्यवश्यकीय सेवाका सवारीबाहेक सवै सवारी साधन सञ्चालनमा रोक लगाएको ट्राफिक प्रहरीले जनाएको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org