ताजा समाचार

हुम्लामा काँग्रेसका दुई पक्षबीच झपड हुँदा प्रहरीले गोली चलायो

हुम्ला, ३१ बैशाख । जुम्लामा दुई समहूबीच झडप हुँदा प्रहरीले गोली चलाएको छ । स्थानीय तह निर्वाचन अन्तर्गत हुम्लामा मतदान भइरहँदा सत्तारुढ नेपाली कांग्रेसका दुई आधिकारिक र वागी उम्मेदवार पक्षधरबीच झडप हुँदा प्रहरीले गोली चलाएको हो । खार्पुनाथ गाउँपालिकाको वडा नम्बर ५ मा कांग्रेसका दुई समूहबीच दिउँसो झडप भएपछि स्थिति नियन्त्रणमा लिने क्रममा प्रहरीले दुई राउण्ड हवाई फायर गरेको डिएसपी कमल नेपालले जानकारी दिए ।

खार्पु खानेपानी तथा सरसफाई मन्त्री जीवनबहादुर शाहीको गाउँ हो । कर्णालीको तिरमा रहेको मतदानस्थल नजिकै एउटै पार्टीका दुई समूहबीच ढुंगामुढा प्रहार भएको थियो । जसका कारण झण्डै आधा घण्टा मतदान स्थगित भएको डिएसपी नेपालले जानकारी दिए । अहिले स्थिति नियन्त्रणमा आएकाले मतदान सुचारु भएको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org