ताजा समाचार

ललितपुर महानगरपालिकामा कांग्रेसको अग्रता कायम

ललितपुर, १ जेठ । ललितपुर महानगरपालिकामा आइतबार रातिदेखि सुरु भएको मतगणनामा कांग्रेसका उम्मेद्वारको अग्रता कायमै छ । पछिल्लो विवरण अनुसार मेयरमा कांग्रेसका चिरीबाबु महर्जनले ३ सय ६७, उपमेयरमा कांग्रेसका गीता सत्यालले ३ सय ५३ मत ल्याएका छन् । यस्तै मेयरमा एमालेका उम्मेद्वार हरिकृष्ण व्यञ्जनकारले ३ सय ९ र उपमेयरका एमालेको समेत समर्थन रहेका राप्रपाका उम्मेद्वार बाबुकाजी प्रधानले १ सय १६ मत ल्याएका छन् । माओवादी केन्द्रका मेयरका उम्मेद्वार दिनेश महर्जनले ११२ र उपमेयरकी उम्मेद्वार हसिना शाक्यले ११७ मत पाउनुभएको हो । त्यस्तै मेयरमा साझा पार्टीका उम्मेद्वार रमेश महर्जनले ४५ मत प्राप्त गरेका छन् ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org