ताजा समाचार

बालुवाटारमा सरकार र मोर्चाबीच बैठक बस्दै

काठमाडौं, १ जेठ । सरकार र मधेशी मोर्चाबीचको बैठक बालुवाटारमा बस्दै छ । स्थानीय तह अन्तर्गत पहिलो चरणको निर्वाचन सम्पन्न भएपछि मोर्चा र सरकारबीच पहिलो पटक छलफल हुन लागेको हो । प्रधानमन्त्री निवास बालुवाटरमा बस्ने बैठकमा स्थानीय तहको दोस्रो चरणको निर्वाचनमा सहभागितासहित संविधान संशोधन लगायतका विवादीत विषयमा सहमति जुटाउने विषयमा छलफल हुनेछ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले बैठकका लागि आहवान गरेका हुन् । आगामी जेठ ३१ गते दोस्रो चरणको निर्वाचनको तालिका रहेको छ । त्यस्तै यसअघि मोर्चा र सरकारबीच जेठ ४ गतेभित्र संविधान संशोधन प्रस्ताव पारित गराउने सहमति भएको थियो ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org