ताजा समाचार

अपहरणमा परेको भनिएका माओवादी केन्द्रका उम्मेदवार परिवारको सम्पर्कमा

चितवन, १ जेठ । अपहरणमा परेको भनिएका एकजना उम्मेदवार गएराति परिवारको सम्पर्कमा आएका छन् । चितवनको राप्ती नगरपालिका ९ मा नेकपा माओवादी केन्द्रबाट अध्यक्षका उम्मेदवार प्रेमबहादुर रिमाल हिजो बिहानैदेखि सम्पर्कविहीन भएका थिए । राति नै उनी परिवारको सम्पर्कमा आएको चितवनका प्रहरी उपरीक्षक दीपक थापाले जानकारी दिए ।

उनलाई नेपाल कम्युनिस्ट पार्टीका कार्यकर्ताले अपहरण गरेको आरोप माओवादी केन्द्रले लगाएको थियो । उक्त घटना भए पनि यहाँको निर्वाचन भने शान्तिपूर्ण रुपमा सम्पन्न भएको छ । तर प्रहरी अनुसन्धानले निर्वाचनका कारण उनी आफैँ सम्पर्कविहीन भएको देखिएको बताइएको छ । उनको खोजीका लागि हिजोनै प्रहरीले एउटा टोली त्यसतर्फ खटाएको थियो ।

सो घटनाको विषयमा अझै अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । शनिबार राति १ बजेदेखि उनी सम्पर्कविहीन भएका थिए । यता निर्वाचनको दिनमा प्रहरीले अवाञ्छित गतिविधिमा संलग्न रहेको आरोपमा पक्राउ परेका ३३ जनालाई छाडिएको जनाएको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org