ताजा समाचार

भरतपुर महानगरको मतगणनाः फेरी एमालेको अग्रता, रेणु दाहाल पछि

चितवन, २ जेठ । चितवनको भरतपुर महानगरपालिकामा एमाले फेरि अगाडी गएको छ । पछिल्लो मतगणना अनुसार एमाले उम्मेदवारले माओवादी काँग्रेस गठबन्धनका उम्मेदवारलाई पछ्याएका छन् । सुरुदेखि एमालेका उम्मेद्वार देवी ज्ञवालीले अग्रता लिएकोमा केही समय कांग्रेसको समेत समर्थन रहेकी माओवादी उम्मेद्वार रेणु दाहालले अग्रता लिएकी थिईन् ।

तर पछिल्लो पटक फेरि एमाले उम्मेद्वार ज्ञवाली अघि आएका छन् । १ हजार १ सय ७५ मत गणना भईसक्दा एमाले उम्मेदवार ज्ञवालीले ५३१ मत प्राप्त गरेर अगाडी छन् । ४५१ मतसहित दाहाल पछ्याईरहेकी छन् ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org