ताजा समाचार

सल्यानमा कांग्रेस र एमाले उम्मेद्वारको बराबरी मत, फेरि मतगणना सुरु

सल्यान, २ जेठ । सल्यानको ढोरचौरमा गाउँपालिका वडा नम्बर ४ मा काँग्रेस र एमाले उम्मेदवारको मत बराबरी भएपछि फेरि गणना सुरु भएको छ । वडा अध्यक्ष पदका काँग्रेस उम्मेद्वार दिनेश बिएम र एमालेका देवेन्द्र रोक्काले समान ३ सय २१ मत ल्याएपछि फेरि गणना थालिएको हो ।

दोहोराएर मत गणना गर्दा पनि बराबरी नै भए गोला प्रथा वा अरु केही विकल्प गरिने तयारी भएको छ । यस्तै सल्यानको कुमाखमालिका गाउँपालिका वडा नम्बर १ मा मतदान सुरु भएको छ । त्यहाँ कांग्रेसका वडा सदस्यको निधन भए पछि आज बल्ल मतदान सुरु भएको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org