ताजा समाचार

UPDATE भरतपुरमा महानगरः एमालेका देवी ज्ञवालीको अग्रता कायमै, रेणु दाहाल पछ्याउँदै

चितवन, २ जेठ । चितवनको भरतपुर महानगरपालिकामा एमालेले अग्रता बढाउँदै गएको छ । कांग्रेससँग सहकार्य गरेर माओवादीको तर्फबाट उम्मेद्वार बनेकी प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड पुत्री रेणु दाहाललाई पछि पार्दै एमाले उम्मेद्वार देवी ज्ञवालीले अग्रता लिएका हुन् ।

=======================================

भरतपुर महानगरपालिकामा एक लाख १२ हजार ७ सय ४१ मत खसेको थियो । अहिलेसम्म मेयरमा एमालेका देवी ज्ञवाली ९८० मतका साथ अगाडि रहेका छन् । उहाँले दाहाललाई २०७ मतले पछि पार्नुभएको छ ।

मेयर

  • (एमाले) देवी ज्ञवालीः ९८०
  • (माओवादी–कांग्रेस गठबन्धन) रेणु दहालः ७७३

उपमेयर

  • (माओवादी–कांग्रेस गठबन्धन) पार्वती शाह ठकुरीः ८३४
  • (एमाले) दिव्या शर्मा आचार्यः ८३७

=========================================

भरतपुर महानगरपालिकामा एक लाख १२ हजार ७ सय ४१ मत खसेको थियो । अहिलेसम्म १ हजार ५ सय ७५ मत गणना गर्दा मेयरमा एमालेका देवी ज्ञवालीले ७ सय ६१ मत ल्याएका छन् । १ सय ५६ मतले पछि पर्दै रेणु दाहाल देवीलाई पछ्याईरहेकी छन् ।

माओवादी–कांग्रेस गठबन्धनकी दाहालले ६०५ मत पाएकी छन् । त्यस्तै उपमेयरमा माओवादी–कांग्रेस गठबन्धनका पार्वती शाह ठकुरीले ७४० र एमाले दिव्या शर्मा आचार्यले ६२३ मत पाएकी छन् ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org