ताजा समाचार

दोलखाको जिरी नगरपालिकामा माओवादीलाई पछि पार्दै एमाले विजयी


दोलखा, ३ जेठ । दोलखाको जिरी नगरपालिकाको मेयर र उपमेयरमा एमालेले जितेको छ । एमालेका टंक जिरेलले २५ सय १२ मत ल्याउँदै मेयरमा निर्वाचित भएका हुन् । उनका प्रतिद्वन्द्वी माओवादी केन्द्रका गेल्बु शर्पाले २१ सय ६ र कांग्रेसका सोजान शेर्माले १४ सय २ मत ल्याए ।

यस्तै उपमेयरमा एमालेकी कृष्णमाया बुढाथोकी ३२ सय ६८ मत ल्याएर विजयी भए । उपमेयरमा उठेका माओवादी केन्द्रकी चित्रमाया शर्माले १९ सय ४१ र कांग्रेसकी लिलादेवी जिरेलले १३ सय १२ मत ल्याईन् ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org