ताजा समाचार

कास्कीको रुपा गाउँपालिकाको प्रमुख र उपप्रमुख दुवैमा एमाले विजयी


कास्की, ३ जेठ । कास्कीको रुपा गाउँपालिकाको प्रमुखमा नेकपा एमालेका नवराज ओझा विजयी भएका छन् । निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका प्रकाशमोहन खनाललाई ९ सय ३७ मतले पछि पार्दै ओझा गाउँपालिका प्रमुखमा विजयी भएका हुन् । विजयी ओझाले ४ हजार २ सय १२ मत प्राप्त गरेका छन् ।

उपप्रमुखमा एमालेका लालसुबा गुरुङ ३ हजार ९ सय ४५ मतसहित विजयी भएकी छन् । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसकी गिमाया गुरुङले ३ हजार ४ सय ५६ मत प्राप्त गरिन् । रुपा गाउँपालिकामा नेकपा एमालेले ४ वटा वडामा प्यानल जितेको छ भने कांग्रेसले एउटा वडामा प्यानल र दुइवटा वडामा वडाध्यक्ष जितेको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org