ताजा समाचार

स्थानीय तह निर्वाचन अपडेटः महानगरको ताजा मत परिणाम

काठमाडौं, ४ जेठ । बैशाख ३१ गते सम्पन्न पहिलो चरण अन्तर्गत स्थानीय तह निर्वाचनको मत परिणाम आउने क्रम जारी छ । विभिन्न तीन प्रदेशका २८३ स्थानीय तहमा मतगणना जारी छ । पहिलो चरण अन्तर्गत चार महानगरपालिका काठमाडौं, ललितपुर, पोखरा र भरतपुरको मतपरिणाम आउने क्रम जारी छ ।

अहिले सम्मको मत परिणाम अनुसार अधिकांश महानगरमा नेपाली काँग्रेस, नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच तीब्र प्रतिस्पर्धा भईरहेको छ । कुनै बेला नेकपा एमालेले अग्रता लिईरहेको छ भने कुनै बेला काँग्रेस र माओवादी केन्द्रले अग्रता लिईरहेको छ ।

काठमाडौं महानगरपालिका (मेयर) 

एमाले–विद्यासुन्दर शाक्यः ५४५८
कांग्रेस–राजुराज जोशीः ३२३५
विवेकशील नेपाली–रञ्जु न्यौपानेः २२०१
साझा पार्टी–किशोर थापाः १४९८

ललिपुर महानगरपालिका (मेयर)

एमाले–हरिकृष्ण व्यञ्जनकारः १०२०२
कांग्रेस–चिरीबाबु महर्जनः १०७९१

साझा पार्टी रमेश महर्जन ४२८१

भरतपुर महानगरपालिका (मेयर)

(एमाले) देवी ज्ञवालीः ७३७४
(माओवादी–कांग्रेस गठबन्धन) रेणु दहालः ५७३४

पोखरा लेखनाथ महानगरपालिका (मेयर)

एमाले–राप्रपाःमानबहादुर जिसीः ९३१७
कांग्रेस–माओवादीः रामजी कुँवरः ८९३१

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org