ताजा समाचार

बाग्लुङको बडीगाड गाउँपालिकामा एमालेका मेहरसिंह पाइजा विजयी


बाग्लुङ, ४ जेठ । बाग्लुङको बाडीगाड गाउँपालिकाको अध्यक्षमा नेकपा एमाले उम्मेदवार विजयी भएका छन् । उपाध्यक्षमा भने कांग्रेस विजयी भएको छ । अध्यक्षमा एमालेका मेहरसिंह पाइजा र उपाध्यक्षमा कांग्रेसका अम्बरबहादुर श्रीष विजयी भएका बडिगाडका निर्वाचन अधिकृत रामचन्द्र शर्माले जानकारी दिए । पाइजाले ४ हजार ९ सय २१ र श्रीषले ४ हजार २ सय ९१ मत पाएका छन् ।

पाइजाका निकटतम प्रतिद्वन्द्वी कांग्रेसकी गण्डकी थापाले ४ हजार ३ सय २९ मत पाइन् भने उपप्रमुखमा माओवादीका राजीव घिमिरेले २ हजार ५९ मत ल्याए । नगरपालिका प्रमुखमा पराजित राष्ट्रिय जनमोर्चाका भीमसेन वनले १ हजार २ सय ५८ र उपमेयरमा पराजित रुनमाया थापाले १ हजार २ सय ९१ मत ल्याइन् ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org