ताजा समाचार

धादिङको गल्छी गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा एमाले विजयी

धादिङ, ४ जेठ । धादिङको गल्छी गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा नेकपा एमालेका उम्मेदवार विजयी भएका छन् । अध्यक्षमा एमालेका कृष्णहरि श्रेष्ठले ६ हजार ५१ मत ल्याई विजयी भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका विनोद कार्कीले ५ हजार २ सय ६ हजार मत ल्याए ।

उपाध्यक्षमा ६ हजार २८ मतसहित एमालेकी राधा तिमल्सिना विजयी भएकी छन् । उनका निकटतम प्रतिद्वन्द्वी माओवादी केन्द्रकी मीरा झरी ३ हजार १ सय ८४ मत ल्याएर पराजित भइन् । गल्छी गाउँपालिकामा एमाले एक्लै चुनावी मैदानमा उत्रेको थियो भने कांग्रेस र माओवादी केन्द्रले क्रमशः अध्यक्ष र उपाध्यक्षमा तालमेल गरेका थिए ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org