ताजा समाचार

सुर्खेतको सिम्ता गाउँपालिकामा एमाले विजयी

सुर्खेत, ४ जेठ । सुर्खेतको सिम्ता गाउँपालिकाको अध्यक्षमा एमालेका कविन्द्रकुमार केसी विजयी भएका छन् । उनले ५ हजार ३ सय ५५ मत प्राप्त गरे । उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका खड्क पोखरेलले ४ हजार ६ सय ४ मत प्राप्त गरे । यस्तै उपाध्यक्षमा एमालेकी चन्द्रकला शाहीले ५ हजार ३ सय ४१ मत प्राप्त गरी विजयी भएकी छन् ।

उनका प्रतिद्वन्द्वी नेपाली कांग्रेसको भीमा मल्लले ४ हजार ५ सय ७८ मत प्राप्त गरे । सिम्ता गाउँपालिकाका ९ वडा मध्ये ६ वडामा एमाले विजयी भएको छ भने ३ वटा वडामा कांग्रेस विजयी भएको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org