ताजा समाचार

प्रमुख–उपप्रमुखमा १३ जना दलित प्रतिनिधि निर्वाचित

काठमाडौं, ८ जेठ । पहिलो चरणको स्थानीय तह निर्वाचनमा दलित समुदायबाट गाउँ–नगरको प्रमुख तथा उपप्रमुखमा न्यून प्रतिनिधि निर्वाचित भएका छन् । अहिलेसम्मको नतिजाअनुसार तीन प्रदेशबाट दलित समुदायका दुई मेयर, पाँच उपमेयर र ६ उपाध्यक्ष निर्वाचित भएका छन् । २४ जिल्लाको गाउँ–नगर प्रमुखमा दलित समुदायको उपस्थिति शून्य छ ।

नगरपालिकाको मेयर निर्वाचित हुने दुवै एमाले हुन् । लेकबेसी नगरपालिका सुर्खेतबाट गगनसिंह सुनार र ढोरपाटन नगरपालिका बाग्लुङबाट देवकुमार नेपाली मेयरमा विजयी बनेका हुन् । दलित समुदायको कम प्रतिनिधित्व हुनुमा मूलधारका पार्टीहरूले नै प्रमुख तथा उपप्रमुखमा टिकट दिन कन्जुस्याइँ गरेको दलित अधिकारकर्मीहरूको गुनासो छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org