ताजा समाचार

दाइजो धेरै मागेको भन्दै बेहुलीद्धारा बेहुलासँग तीन घन्टामै डिभोर्स, बेहुलालाई जुत्ताको माला

काठमाडौं, ८ जेठ । भारतमा एक विवाहित पुरुषलाई विवाह गरेको तीन घन्टामै उनकी पत्नीले डिभोर्स दिएकी छिन् । नवविवाहित युवती आफ्ना पतिलाई लोभीको आरोप लगाएर सजाय स्वरुप चारपाटा मुन्डन गराउन लगाएका थिइन् । पूर्वी भारतकी १८ वर्षीय रुबना पर्भीनले गत बुधबार मुनताज अनसीसँग विवाह गरिन् ।

तर, मुसलमानको परम्पराअनुसार केटापक्षबाट अत्याधिक महंगो मोटरसाइकल दाइजो मागेपछि रुबनाले अनसीलाई लोभीको संज्ञा दिएर विवाह गरेको तीन घन्टामै डिभोर्स दिएकी हुन् । यतिमात्र नभएर उनले अनसीसलाई सजाय स्वरुप जुत्ताको माला लगाएर चारपाटे मुन्डाउन लगाइन् ।

रुबनाका पिताले अनसीको लागि किनिदिएको मोटरसाइकल चित्त नबुझेर अनसीले घन्टौँ बहस गरेका थिए । रुबनाले ती अनसीलाई डिभोर्स दिएको त्यही दिनमा अर्को विवाह गरिन् । सोही दिन रुबनाले अर्का २५ वर्षीय युवक मोहम्मद इलियाससँग विवाह गरेकी हुन् ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org