पहिलो चरणको निर्वाचनबारे संसदीय छानविन समिति गठन
काठमाडौँ । व्यवस्थापिका संसद्को आजको दोस्रो बैठकले पहिलो चरणको स्थानीय तहको निर्वाचनमा धाँधली भएको भन्ने सम्बन्धमा सत्य तथ्य बुझी प्रतिवेदन पेस गर्न पाँच सदस्यीय संसदीय छानविन विशेष समिति गठन गरेको छ ।
प्रमुख तीन दलका शीर्ष नेताबीच आज बिहान भएको सहमतिपछि संसद् सुचारु भएसँगै सो प्रस्ताव पेस भएको हो । समितिमा नेपाली काँग्रेसका अर्जुनप्रसाद जोशी, नेकपा (एमाले) का राजेन्द्रप्रसाद पाण्डे, नेकपा (माओवादी केन्द्र) का रामनारायण विडारी, राष्ट्रिय प्रजातन्त्र पार्टीका भाष्कर भद्रा र मधेसी जनाधिकार फोरम (लोकतान्त्रिक) का डा सुवोधकुमार पोखरेल हुनुहुन्छ ।
सो समितिको गठन गरियोस् भनी माओवादी केन्द्रमा मुख्य सचेतक टेकहादुर बस्नेतले प्रस्ताव प्रस्तुत गर्नुभयो भने काँग्रेस र एमालेका प्रमुख सचेतकहरु चीनकाजी श्रेष्ठ र भानुभक्त ढकालले समर्थन गर्नुभयो । सो प्रस्ताव सर्वसम्मतिले पारित भएको थियो । प्रमुख प्रतिपक्ष एमालेले गत वैशाख ३१ मा विभिन्न ३४ जिल्लामा भएको स्थानीय निर्वाचनबारे छानविन हुनुपर्ने माग गर्दै आएको थियो ।
संसद्को नियमावली, २०७३ को नियम १८३ बमोजिम गठित समितिको कार्यावधि तीन महिनाको हुनेछ । समितिले सभामुखको निर्देशनमा रही आफ्नो कार्यविधि आफैले व्यवस्थित गर्न सक्नेछ ।
Comments
अरु समाचार
-
खाँदबारी–किमाथाङ्का सडक चाँडो सञ्चालनमा ल्याउन ऊर्जामन्त्री खड्काको आग्रह
काठमाडौं । प्रतिनिधिसभा सदस्य एवं ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले सङ्खुवासभाको सदरमुकाम खाँदबारीदेखि उत्तरी चीनतर्फको सीमानाका किमाथाङ्का जोड्ने सडक...
-
औद्योगिक सुरक्षाका लागि सरकार गम्भीर छः मुख्यमन्त्री कार्की
काठमाडौं । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले औद्योगिक क्षेत्रले भोग्नु परेको समस्या र औद्योगिक सुरक्षाका विषयमा सरकार गम्भीर रहेको बताएका...
-
पूर्वराष्ट्रपति भण्डारीद्वारा शोक व्यक्त
काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले भारतका पूर्वप्रधानमन्त्री डा. मनमोहन सिंहको निधन भएकामा गहिरो शोक व्यक्त गर्नुभएको छ । “मित्रराष्ट्र भारतका...
-
काम गर्ने इच्छा भए देशमा प्रशस्त सम्भावना छ : उपप्रधानमन्त्री सिंह
काठमाडौं । उपप्रधान एवम सहरी विकास मन्त्री प्रकाशमान सिंहले सम्पदाहरूको बजारीकरण गर्न सके देशमै नयाँ रोजगारीको अवसर सिर्जना गर्न सकिने...
-
प्रधानमन्त्रीसमक्ष तीन विश्वविद्यालयका उपकुलपतिको शपथ
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष विभिन्न तीन विश्वविद्यालयका नवनियुक्त उपकुलपतिहरुले शुक्रबार पद तथा गोपनीयताको शपथ लिएका छन् । प्रधानमन्त्री...
-
सांसदको भूमिका दल सापेक्ष नै हुन्छ : नेता भट्टराई
काठमाडौं, संसदमा विचाराधीन विधेयकमा सहमति खोज्ने भन्दै सत्तारूढ दलको संयन्त्रले राजनैतिक संशय पैदा गरेको छ। संघीय संसदका सदस्यहरूले विधेयकहरूमा खुला...
-
जनताका आकाङ्क्षा पूरा गर्न सबै मिलेर अगाडि बढ्नुपर्छ: महासचिव पोखरेल
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का महासचिव शङ्कर पोखरेलले जनआकाङ्क्षा पूरा गर्न सबै दल मिलेर अगाडि बढ्नुपर्ने बताउनुभएको छ...
-
सहकारी ठगी प्रकरणमा रवि लामिछानेसँग दोस्रो दिन बयान सुरु
काठमाडौं । पोखराको सूर्यदर्शन सहकारीको बचत रकम अपचलन मुद्दाका आरोपी राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछानेको जिल्ला अदालत...
-
प्रधानमन्त्री ओलीद्वारा शोक व्यक्त
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले भारतका पूर्वप्रधानमन्त्री डा मनमोहन सिंहको निधन भएकामा गहिरो शोक व्यक्त गरेका छन् । नेपाल...