ताजा समाचार

नेपालगन्जको श्रेया इन्टेरियर इण्डष्ट्रिज प्रालिमा भीषण आगलागी

नेपालगञ्ज, १४ जेठ । नेपालगन्जमा भीषण आगलागी भएको छ । सुर्खेत रोड अन्तगर्त धम्बोजी र पुष्पलाल चोकको बीचमा पर्ने श्रेया इन्टेरियर इण्डष्ट्रिज प्रालिमा आइतबार बिहान आगलागी भएको हो । बिहान ९ बजेतिर सुरु भएको आगलागी नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी र स्थानीय बासिन्दा तथा दमकलको सहयोगमा दिउँसो १२ बजेतिर नियन्त्रणमा आएको छ ।

संचालक प्रकज श्रेष्ठका अनुसार पसल नखोल्दै आगलागी भएको हो । आगलागीमा परि पसलभित्र रहेका डेकोरेशनका धेरैजसो सामान जलेर नष्ट भएका छन् । आगलागीबाट भएको क्षतिको विवरण संकलन भइसकेको छैन् । झण्डै डेढ करोडको क्षति भएको अनुमान गरिएको छ । नेपालगन्जमा एउटै मात्रै दमकल भएका कारण आगो नियन्त्रणका लागि कठिन भएको हो । एउटा दमलकले नियन्त्रण सम्भव नभएपछि राँझा र कोहलपुरबाट पनि दमकल ल्याइएको थियो ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org