ताजा समाचार

नवनिर्वाचित मेयर शाक्य भन्छन्, ‘मेरो कामबाट कसैलेपनि शीर झुकाउनुपर्ने छैन्’

काठमाडौं, १४ जेठ । काठमाडौं महानगरपालिकाका नवनिर्वाचित मेयर विद्यासुन्दर शाक्यले काठमाडौंलाई सुन्दर, सम्बृद्ध र सुरक्षित बनाउने आफ्नो लक्ष्य रहेको बताएका छन् । काठमाडौं महानगरको मेयरमा निर्वाचित भएपछि शाक्यले जनताले दिएको मतको अवमुल्यन नगर्ने प्रतिबद्धता जनाएका छन् ।
निर्वाचन परीणाम घोषणापछि सञ्चारकर्मीहरुलाई प्रतिक्रिया दिँदै मेयर शाक्यले भने, ‘हिजोसम्म म एमालेको प्रतिनिधि थिए । अब महानगरबासीको भए ।’ उनले अघि भने, ‘नेपाली कांग्रेससहितका सबै दलले सम्मानजनक मत पाएका छन् । सबैको चित्त बुझाएर महानगरको विकासमा सबैसँग सहकार्य गरेर अघि बढ्छु ।’

उनले एमालेको सिंगो पार्टी आफ्नो पछाडि रहेको समेत बताए । आफ्नो काम गराईले कसैले पनि शीर झुकाउनुपर्ने अवस्था नआउने उनको दाबी छ । उनले भने, ुमेरो कामबाट कसैले शीर झुकाउनु पर्ने छैनु ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org