ताजा समाचार

महिनावारीबारे नायिका ट्वींकल खन्नालाई नायक केआरकेले भने, ‘भाउजु पागल हुनुभयो’

काठमाडौं, १४ जेठ । भारतीय फिल्मका नायक केआरके पुनः विवादमा आएका छन् । निर्माता तथा लेखक समेत रहेका केआरके एकपटक फेरी आफ्नो बयानका कारण विवादमा आएका हुन् । यसपटक उनले नायिका ट्वींकल खन्नालाई निशाना बनाएका छन् । उनले ट्वींकल खन्नालाई पागलको संज्ञा दिएका छन् ।

वास्तवमा, आजकाल ट्वींकल खन्ना महिनावारीमाथि बनाइएको फिल्म ‘प्याडम्यान’ को विषयमा सोसल साइटमा निकै एक्टिभ छिन् । ट्वींकलले ट्वीटरमा एक फोटो सेयर गर्दै लेखेकी थिइन्, ‘महिनावारीबारे कुराकानी गर्न लजाउनु हुँदैन ।’ उनको यसै ट्वीटमा केआरकेले ट्वीट गरेका छन्, ‘ट्वींकल खन्ना मानिसहरुलाई महिनावारीबारे कुरा गर्ने सल्लाह दिइरहेकी छिन् । यी भाउजु पूर्ण रुपमा पागल भइसकेकी छिन् । कसैले उनलाई अस्पतालमा भर्ना गराउ ।’

केआरकोले महिलामाथि गरेको यस्तो ट्वीट यो पहिलो पटक भने होइन । उनले थुप्रै पटक विवादास्पद बयान दिएका छन् । यसैकारण ट्वीटरले केही समयका लागि केआरकेको अकाउन्ट पनि सस्पेन्ड गरेको थियो तर उनलाई यसले केही फरक पारेको जस्तो देखिन्नँ । ट्वींकल खन्ना फिल्म ‘प्याडम्यान’की निर्मात्री हुन् जसमा अक्षय कुमार मुख्य भूमिकामा देखिएका छन् ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org