ताजा समाचार

मानपदवी पाउने प्रचण्ड पुत्रदेखि मुख्यसचिव सुवेदी सम्म

काठमाडौं, १५ जेठ । यो वर्ष राष्ट्र प्रमुखका छोरा छोरीलाई विभिन्न विभूषण प्रदान गरिएको छ । विगतको राम्रो काम गर्ने तथा समाजको हितमा काम गर्नेलाई पदक दिनुपर्ने संस्कारलाई तिस्कार गर्दै यो वर्ष भने नेता तथा राष्ट्र प्रमुखका छोरा छोरीलाई पदन प्रदान गरिएको हो ।

१० औं गणतन्त्र दिवसको अवसर पारेर प्रदान गरिएको विभिन्न पदकहरु पाउनेमा उपराष्ट्रपति नन्दबहादुर पुनका छोरा, प्रधानमन्त्री प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डका छोरासहित रहेका छन् । स्मरण रहोस्, उनीहरु अहिले कोही आफ्ना बुवाआमासँगै राजनीतिमा छन्, भने कोही राजनीतिसँगै सामाजिक कार्यमा समेत संलग्न रहेका छन् ।

आइतबार बसेको मन्त्रीपरिषद् वैठकले ७१४ जनालाई विभिन्न पदक दिने निर्णय गरेको थियो । सरकारले सत्तारुढ दलहरुबीच भागवण्डा गरेर मानपदवी प्रदान गर्ने निर्णय गरेको थियो । अलंकार र पदक पाउनेको सूचीमा पनि पहुँचवाला नै हाबी भएको देखिन्छ । पद र पहुँचको आधारमा सरकारले पदक विचरण गरेको भन्दै केही व्यक्तिहरुले पदक वहिस्कार समेत गरेका छन् ।

सरकारले यो वर्ष प्रधानमन्त्री प्रचण्डका छोरा प्रकाश दाहाललाई समाजसेवीका रुपमा लिदैं सुप्रवल जनसेवाश्री सम्मान गरेको छ । प्रकाशले भने आफुले पदक नदिने घोषणा गरेका छन् । त्यस्तै उपराष्ट्रपति नन्दबहादुर पुनका छोरा दिपेश पुनलाई जनसेवा श्री पदकबाट सम्मानित भएका छन् ।

पदक पाउनेको नाम सिफारिस गर्नेलाई नै पदकः

पदक पाउनेहरुमा नेता तथा नेताका छोराछोरी मात्र नभएर पहुँचवाला कर्मचारी समेत परेका छन् । रोचक त के छ भने मानपदवी, अलंकार र पदक पाउनेको सूची बनाउने गृहसचिव लोकदर्शन रेग्मी र अनुमोदन गराउने मुख्य सचिव सोमलाल सुवेदी दुबैको नाम प्रसिद्ध प्रवलजनसेवाश्री पदक पाउनेको सूचीमा छ ।

मुख्यसचिव सुवेदी केही समयपछि एडीबिको वैकल्पिक कार्यकारी अधिकृत हुन इन्डोनेसिया जाँदैछन् । सामान्यतय तीन वर्षको कार्यकाल रहेका मुख्यसचिव सुवेदी आफ्नो कार्यकाल पुरा नगरेरै विदेश जान लागेका हुन् ।

त्यस्तै प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द आचार्यदेखि माओवादी केन्द्र निकट प्रेस सेन्टर नेपालका अध्यक्ष महेश्वर दाहाल, पत्रकार महासंघका पूर्वमहासचिव ओम शर्मालाई पनि प्रवल जनसेवाश्री प्रदान गरिएको छ ।

गत वर्षपनि यस्तै भएको थियोः

गत वर्ष केपी शर्मा ओली नेतृत्वको सरकारले नेपाल रत्न मरणोपरान्त मदन भण्डारीलाई प्रदान गर्ने निर्णय गरेको थियो । उनी एमालेका तत्कालीन महासचिव हुन् ।

कांग्रेस र एमाले सरकारले राष्ट्रगौरव मानपदवी कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री सुशील कोइरालालाई मरणोपरान्त र एमाले नेता समेत रहेका तत्कालीन संविधानसभा अध्यक्ष सुवास नेम्वाङलाई प्रदान गरेको थियो ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org