ताजा समाचार

सिरहाको मिर्चैयामा बस दुर्घटना, एकजनाको मृत्यु, २३ घाइते

सिरहा, १५ सिरहा । सिरहामा बस दुर्घटना हुँदा १ जनाको ज्यान गएको छ । विराटनगरबाट काठमाडौंको लागि छुटेको ना ४ ख ८०६२ नम्बरको बसलाई कटारीबाट नारायणगढका लागि छुटेको ग १ ख ५०६७ नम्बरको बसले ओभरटेक गर्ने क्रममा ठक्कर दिँदा दुर्घटना भएको प्रहरीले जनाएको छ । दुर्घटना मिर्चैया नगरपालिका–१ महादेवमा भएको थियो । दुर्घटनामा २३ जना घाइते भएका छन् ।

दुर्घटनामा घाइते भएका ग १ ख ५०६७ नम्बरको बसका सहचालक कटारी नगरपालिका–३ का ३६ वर्षका निलकमल श्रेष्ठको उपचारका लागि विराटनगर लैजाने क्रममा बाटोमा नै ज्यान गएको प्रहरीले जनाएको छ । दुर्घटनामा ग १ ख ५०६७ नम्बरको बसका २३ यात्रु घाइते भएका छन् । घाइते सबैको स्थानीय स्वास्थ्य संस्थामा उपचार भइरहेको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org