ताजा समाचार

प्रचण्डका छोरा प्रकाशले समेत पदक पाउँदा धुर्मुस–सुन्तलीले किन पाएनन्

काठमाडौं, १५ जेठ । यो वर्ष नेपालमा राष्ट्रपतिकी छोरीदेखि प्रधानमन्त्रीका छोरासम्मले पदक पाए । त्यस्तै उपराष्ट्रपतिका छोरादेखि उच्च सरकारी कर्मचारी र सुरक्षा अधिकारीले समेत विभिन्न मानपदवीहरु पाए । तर नेपालका एक चर्चित जोडी सिताराम कट्टेल ‘धुर्मुस’ र कुन्जना घिमिरे ‘सुन्तली’को नाम भने यो सम्मानमा कहि कतै समेटिएको छैन । समाजसेवामा उनीहरुको अतुलनीय योगदान रहिआएको छ ।

महोत्तरीको मुसहर बस्ति निर्माण गरेर होस्, या गिरौनचौर बस्ती निर्माण गरेर किन नै नहोस उनीहरु यतिवेला सवैको मन मस्तिष्कमा छाएका छन् । तर आम नागरिक माझ लोकप्रीय तथा चर्चित भएपनि सरकारले भने मानपदवी प्रदान गर्दा उनीहरुको मुल्यांकन नै नगरेको पाईएको छ ।

अभिनयबाट चर्चित बनेका यो जोडी पछिल्लो समय समाजसेवामा अग्रस्थानमा रहँदै आएका छन् । तीन चरणमा तीन ठाँउमा एकिकृत बस्ती निर्माण गरेर हस्तान्तरण समेत गरिसकेका यो जोडीको नाम कहिकतै सम्मानमा नहुँनु दुःखको कुरो हो । राज्यको तर्फबाट दिइने कुनै पनि सम्मानको अहिलेसम्म आफुलाई खबर नआएको कलाकार सितारमा कट्टेल ‘धुमर्स’ले बताए । ‘केही दिन पहिले पनि सम्मान बाँडिएको मिडियाबाट थाहा पाएको थिएँ’ धुर्मसले भने ‘आज पनि बाँडिएछ । तर, मलाई कहि कतैबाट खबर आएको छैन ।’

गत बर्ष ‘प्रवलजनसेवा श्री’ सिफारिसमा परेपनि अहिलेसम्म उक्त पदक नपाएको सिताराम कट्टेल ‘धुर्मुस’ले बताए । ‘सिफारिस भएको कुरा आएको थियो, तर पदक चाहीँ पाइएनँ’ उनले भने । गणतन्त्र दिवसको अवसर पारेर राष्ट्रपति निवासमा आयोजना गरिएको जलपानको निम्तो आउँदा सम्मानको कुनै निम्तो नआएको कट्टेलले बताए । ‘यदि जलपानमा सम्मान हुन्थ्यो भने खुलाएर आउथ्यो होला’ उनले थपे । राष्ट्रको तर्फबाट दिइने सम्मान कलाकार जितु नेपाल र विल्सन बिक्रम राई ‘तक्मेबुढा’ले पाएका छन् ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org