ताजा समाचार

होटल र्‍याडिसनका सञ्चालक बीके श्रेष्ठको निधन

काठमाडौं, १६ जेठ । र्‍याडिसन् होटलका मालिक बीके श्रेष्ठ निधन भएको छ । बरिष्ठ पर्यटन व्यवसायी समेत रहेका श्रेष्ठको मंगलबार बिहान निधन भएको हो । होटल व्यवसायी संघ (हान) का पुर्व अध्यक्ष समेत रहेका श्रेष्ठ लामो समयदेखि क्यान्सर पीडित थिए । क्यान्सर पीडित श्रेष्ठको निधन भएको हानका महासचिव बिनायक शाहले जानकारी दिए । उनले भने ‘लामो समयदेखि क्यान्सरका कारण उहाँको स्वास्थ्य बिग्रँदै गएको थियो, उहाँको मंगलबार बिहान निधन भएको परिवारले जानकारी दिएको छ ।’

श्रेष्ठ होटल व्यवसाय क्षेत्रमा झण्डै ४० वर्षदेखि संलग्न थिए । नेपालको पर्यटन व्यवसायीमा अग्रणी ब्यक्तिका रुपमा चिनिने श्रेष्ठ सन् २०१४ देखि २०१६ सम्म हानका अध्यक्ष थिए । हिमालयन ट्राभलबाट पर्यटन क्षेत्रको व्वसायमा छिरेका श्रेष्ठले र्‍याडिसनलाई सफल रुपमा सञ्चालन गरिरहेका थिए । शाहकाअनुसार उनको दिउँसो अन्त्येष्टिको तयारी हुँदैछ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org