ताजा समाचार

बाजुरामा नेपाली सेनाको कार्गो विमान दुर्घटना, एकको जीवितै उद्दार

बाजुरा, १६ जेठ । नेपाली सेनाको कार्गो विमान बाजुरामा दुर्घटना भएको छ । कार्गों बोकेर हुम्लाको सिमिकोट जान लागेको विमान मौसम खराविका कारण दुर्घटना भएको नेपाली सेनाले जनाएको छ ।

बाजुराको कोल्टी विमानस्थलमा अवतरण गर्न खोज्दा दुर्घटना भई आगो लागेको नेपाल नागरिक उड्डयन प्राधिकरण नेपालगञ्जका प्रमुख प्रतापबाबु तिवारीले जानकारी दिए । अहिलेसम्म घटना भएकाले क्षतिको विवरण आइसकेको छैन। विमानमा रहेका एक जनाको जीवितै उद्दार गरिएको छ । विमानको इन्जिन चालु अवस्थामा रहेका कारण उद्दारमा केही कठिनाइ भएको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org