ताजा समाचार

दोस्रो चरणको चुनावको मिति फेरि सर्‍यो, अव असार १४ गते

काठमाडौं, १७ जेठ । दोस्रो चरणको चुनावको मिति फेरि पनि सरेको छ । असार ९ गतेका लागि तय भएको दोस्रो चरणको स्थानीय तहको निर्वाचनको मिति फेरि सरेको हो । बुधबार विहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रीपरिषद् वैठकले दोस्रो चरणको चुनाव असार १४ गते गर्ने निर्णय गरेको हो ।

मुस्लिम समुदायको पर्व रमझानलाई मध्यनजर गरेर असार ९ गतेका लागि सारिएको दोस्रो चरणको चुनाव अब असार १४ गतेका लागि सारिएको हो । यस अघि जेठ ३१ गतेका लागि तय भएको दोस्रो चरणको चुनाव राजपालगायतका असन्तुष्ट दलहरुलाई चुनावमा सहभागी गराउन भन्दै असार ९ का लागि सारिएको थियो । तर, असार ९ गते शुक्रवार मुस्लिम समुदायको रमझामका कारण अर्को मितिमा चुनाव गर्ने निर्णय भएको हो ।

मुसलमान समुदायको पवित्र पर्व रमजानको अन्तिम दिन असार ९ गते परेकाले सरकारले निर्वाचन पर सारेको उपप्रधानमन्त्री तथा गृहमन्त्री विमलेन्द्र निधिले जानकारी दिए । हिजो मात्र मुस्लिम सुमदायका प्रतिनीधिसँगको भेटमा प्रधानमन्त्री प्रचण्डले असार ९ गतेको मितिमा पुनर्विचार हुने बताएका थिए ।

हिजो नै प्रधानमन्त्री प्रचण्डले चुनावको मिति परिवर्तनवारे निर्वाचन आयोग प्रमुख आयुक्तसँग छलफल गरेका थिए । त्यसपछि आज बसेको मन्त्रीपरिषद् वैठकले चुनावको मिति सार्ने निर्णय गरेको हो ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org