ताजा समाचार

ब्राजिलमा बाढीका कारण सात जनाको मृत्यु, ४८ हजार विस्थापित

काठमाडौं, १७ ब्राजिल । उत्तरी ब्राजिलमा आएको भीषण बाढीमा परी सात जनाको मृत्यु भएको छ । यस प्रकोपको कारण ४८ हजार सर्वसाधारण विस्थापित भएका छन् । यस बाढीबाट पेर्नाम्बुको प्रदेश अत्यन्त प्रभावित भएको र त्यहाँ दुई जनाको मृत्यु हुनुको साथै ४४ हजार भन्दा बढी विस्थापित भएका अधिकारीहरुले जनाएका छन् । त्यसैगरी दुई हजार ६०० घरहरुमा क्षति पुगेको र १५ ओटा सहरलाई आइतबार राज्य संकटको घोषणा गरिएको छ ।

यसैबीच अलागोएज प्रदेशमा बाढी पहिरोका कारण पाँच जनाको मृत्यु भएको छ । मृत्यु हुने मध्ये बालबालिका पनि रहेका छन् । पेर्नाम्बुको र अलागोएज प्रदेशमा केहीदिन देखि बर्षा भईरहेको छ । त्यस बाहेक पारैबा प्रदेशसहित केही प्रदेशहरुमा पनि बाढी पहिरो आइरहेको जनाइएको छ । ब्राजिलका राष्ट्रपति मिचेल टेमरले आइतबार बाढी प्रभावित क्षेत्रको स्थलगत अवलोकन गरी पेर्नाम्बुको प्रदेशका गभर्नर पाउलो कामरासँग भेट्नु भएको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org