ताजा समाचार

भरतपुरमा मतगणनाको माग गर्दै एमालेद्वारा संसद बैठक अवरुद्ध बैठक स्थगित

काठमाडौं, १७ जेठ । नेकपा एमालेले अवरोध गरेपछि संसद बैठक स्थगित भएको छ । भरतपुरमा मतगणनाको माग गर्दै एमालले संसद बैठक अवरुद्ध गरेपछि बिहीबार दिउँसो १ बजेसम्मका लागि स्थगित भएको हो ।

एमाले नेता सुरेन्द्र पाण्डेले भरतपुरको मतगणना सुरु नभएसम्म संसद चल्न नदिने बताउँदै तत्काल मतगणना सुरु गर्न माग गरे । हार्ने अवस्थामा पुगेपछि माओवादी केन्द्रका प्रतिनिधिहरुले मतपत्र च्यातेर जनमतमाथि बलात्कार गरेको नेता पाण्डेको आरोप छ । उनले यस्तै गरी हार्ने अवस्थामा पुगेपछि मतपत्र च्यात्ने हो भने देशैभरिको मत परिणाम सार्वजनिक नहुने र पाँच वर्षसम्म चुनाव भइरहने बताए ।

आजको संसद बैठकमा सोमबार प्रस्तुत गरिएको बजेटमाथि छलफल हुने कार्यसूचि थियो । एमाले संसदमा हो हल्ला गर्न थालेपछि भोलीसम्मको लागी स्थगित भएको हो ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org