ताजा समाचार

फेसबुकमा लाइक गरेको भन्दै श्रीमानले श्रीमतीको गुप्ताङ्ग ‘ग्लू’ ले टाँसिदिए

काठमाडौं, १७ जेठ । एक ३३ वर्षीय कतारी पुरुष त्यतिबेला अदालतमा पेश हुनुपर्यो जतिबेला उनकी श्रीमतीलाई निकै रोचक घटनाका कारण इमर्जेन्सी रुममा भर्ना गर्नुपर्यो । ती पुरुषले अदालतसामू आफ्नी श्रीमतीको गुप्ताङ्ग ‘ग्लू’ को सहायतले टाँसिदिएको स्विकार गरेका छन् । श्रीमतीले उनका १२ वर्षीय भान्जाको फेसबुकको तस्बिरमा लाइक गरेका कारण यसो गरेको बताए ।

श्रीमतीको दिमागमा व्याभिचारी सोच आएको हुनसक्ने बताउँदै अफिसको कामले विदेश जानुभन्दा अघि श्रीमतीको गुप्ताङ् टाँसिदिएको उनले बताए । दोहा अदालतका न्यायाधिस बिन सादेनले ती पुरुषले निःसन्देह आफ्नी श्रीमतीमाथि गलत व्यवहार गरेको तर उनको उद्देश्य गलत नभई तरिका मात्र भिन्न भएको बताए ।

ती पुरुषले न्यायाधिससामू प्रमाणस्वरुप एक फोटो देखाए जसलाई उनकी श्रीमतीले फेसबुकमा अपलोड गरेकी थिइन् । उक्त फोटोमा उनको एउटा हिल छोपिएको तर अर्को भने देखिएकाले इस्लामको नियमलाई तोडेको उनले बताए । प्रमाण हेरेपछि ती न्यायाधिसले महिलालाई सय कोर्रा हान्ने सजायँ सुनाए । श्रीमतीको गुप्ताङ्ग टाँसिदिने श्रीमानलाई भने १० डलरको जरिवाना तोकिदिए ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org