ताजा समाचार

कक्षा ११ को परीक्षा असार १ गतेदेखि

काठमाडौं, १७ जेठ । दोश्रो चरणको चुनावका कारण कक्षा ११ को परीक्षा असार १ गतेदेखि सुरु हुने भएको छ । यसअघि असार ८ गतेदेखि सुरु हुने भनिएको परीक्षा, सरकारले असार १४ गते दोश्रो चरणको चुनाव गर्ने घोषणा गरेपछि, अगाडि सारिएको राष्ट्रिय परीक्षा बोर्डका सदस्य सचिव डिल्ली रिमालले जानकारी दिए ।

परीक्षा असार १० गतेसम्म सञ्चालन हुने रिमालले बताए । परीक्षाको धेरै तयारी सकिएको उनको भनाई छ । परीक्षाका लागि प्रश्नपत्र छाप्ने र परीक्षा केन्द्र तोक्ने लगायतका सबै प्राविधिक तयारी सकिएको रिमालको भनाई छ । चुनावकै कारण कक्षा ११ को परीक्षा सरेको यो तेश्रोपटक हो ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org