ताजा समाचार

काठमाडौंलाई ‘क्लिन द सिटी’ बनाउन भन्दै मेयर र उपमेयरले झाडू लगाए

काठमाडौं, १८ जेठ । काठमाडौँ महानगरको मेयरमा निर्वाचित विद्यासुन्दर शाक्य र उपमेयर हरिप्रभा खड्गी लगायत नव निर्वाचित पदाधिकारीहरु सडक सफाईमा उत्रिएका छन् । पदभार तथा सपथ ग्रहण गरेको भोलिपल्ट बिहीबार विहानै पुरै पदाधिकारी हातमा झाडु सहित सडक सफामा उत्रिएका हुन् ।

धुलो धुँवारहित काठमाडौँ बनाउने उद्देश्यले हात हात झाडु समातेर उहाँहरु सडकमा पुगेका हुन् । बिहिबार काठमाडौँका विभिन्न सडकहरुमा अन्य पदाधिकारीहरु सँगै उहाँहरु सरसफाईमा लागेका हुन् ।

महानगरका मेयर विद्यासुन्दर शाक्यले बुधबार पदभार ग्रहण गर्दै पहिलो ‘क्लिन द सिटी’ अभियान थाल्ने निर्णयमा हस्ताक्षर गरेका थिए । न्यूरो अस्पताल बाँसबारीदेखि महारागञ्ज चोकसम्म सरसफाई गरिएको छ ।

मेयर शाक्य र उपमेयर हरिप्रभा खड्गीले सरसफाई अभियानको सुभारम्भ परे । कोर्टपाइन्ट लगाएर पुगेका मेयर शाक्यले पनि केहीबेर झाडू लगाए ।

 

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org