ताजा समाचार

भरतपुर मतपत्र प्रकरणः एमालेको अडान कायमै, आज पनि संसद चल्न नदिने

काठमाडौं, १८ जेठ । नेकपा (एमाले) ले भरतपुरको मतगणनाको माग गरेर कायम राखेको संसद अबरोध आजपनि जारी राख्ने भएको छ । संसदको आजको बैठक पनि अबरोध गर्ने कार्यक्रम रहेको एमालेका मुख्य सचेतक भानुभक्त ढकालले जानकारी दिए । ‘संसद खोल्ने विषयमा अहिलेसम्म परामर्श गरेको जानकारी आएको छैन’, उनले भने, ‘भरतपुरको मतगणना सुरु नहुँदासम्म सदनको अबरोध कायम रहन्छ ।’

संसदको बैठक दिउँसो एक बजे बस्दैछ । यसअघि बुधबार पनि एमालेले संसद बैठक अबरोध गरेको थियो । एमालेले भरतपुरमा स्थगित गरिएको मतगणना तत्काल सुचारु गर्न माग गर्दै बुधबारदेखि संसद अवरुद्ध गर्दै आएको छ । भतरपुर महानगरमा मतगणनाको क्रममा मतपत्र च्यातिएपछि मतगणना स्थगित छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org