ताजा समाचार

देउवालाई प्रधानमन्त्री बन्ने बाटो खुल्यो, राष्ट्रपतिद्धारा बहमुतीय सरकारका लागि आह्वान

काठमाडौं, १८ जेठ । राष्ट्रपति विद्यादेवी भण्डारीले वहुमतीय प्रक्रियाबाट प्रधानमन्त्री चयनको प्रक्रिया अघि बढाउन आह्वान गरेकी छन् । सहमतीय सरकार गठनका लागि दिइएको एक साताको समयमा दलहरुबीच सहमति कायम नभएपछि राष्ट्रपति भण्डारीले बहुमतीय प्रक्रिया अघि बढाउन आह्वान गरेकी हुन् ।

राष्ट्रपति कार्यालयका प्रवक्ता मोहनप्रसाद वाग्लेले विज्ञप्ति मार्फत यसको जानकारी दिएका हुन् । विज्ञप्तिमा भनिएको छ, उल्लिखित समयावधिभित्र राजनीतिक सहमतिको आधारमा प्रधानमन्त्रीको निर्वाचन सम्पन्न हुन नसकेकोले नेपालको संविधानको धारा २९८ को उपधारा ३ बमोजिम व्यवस्थापिका संसदको तत्काल कायम रहेका सम्पूर्ण सदस्य संख्याको बहुमतको आधारमा प्रधानमन्त्रीको निर्वाचन सम्पन्न गर्ने प्रक्रिया अघि बढाउन राष्ट्रपतिले आह्वान गर्नुभएको छ ।’

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org