ताजा समाचार

लालटिनको उज्यालोमा ‘ह्विस्की’ सार्वजनिक (भिडियोसहित)

काठमाडौं, १८ जेठ । दयाहाङ राई, केकी अधिकारी, प्रियंका कार्की अभिनित सिनेमा ‘लालटिन’को दोस्रो गीत सार्वजनिक भएको छ । सिनेमामा समावेश ह्विस्की बोलको गीत यु ट्युबमा सार्वजनिक भएको हो । बिनोद ढकाल, सोमिया बराईली र किरन मिचेलको आवाज रहेको यस गीतमा प्रियंका कार्की, निराजन थापा लगायतका कलाकारलाई फिचरिङ गरिएको छ ।

यहि सिनेमाबाट ‘म्यान हन्ट नेपाल २०११’ का विजेता निराजन थापाले डेब्यु गर्दैछन् । देव कुमार श्रेष्ठको निर्देशनमा बनेको यस सिनेमामा शिशिर भण्डारी, मेलिना मानन्धर, रीया श्रेष्ठ, अर्जुन जंग शाही लगायतका कलाकारहरु पनि मुख्य भूमिकामा देखिने छन् । यस अघि सिनेमामा समावेश चमेली बोलको गीतलाई अडियन्सले रुचाएका थिए । दुई महिना अघि रिलिज भएको चमेलीलाई यो समाचार तयार पार्दासम्म ८ लाख भन्दा धेरै पटक हेरिएको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org