ताजा समाचार

एमालेको अवरोधपछि संसद बैठक २१ गतेसम्मको लागि स्थगित

काठमाडौं, १८ जेठ । नेकपा एमालेको अवरोधका कारण आजको व्यवस्थापिका संसद बैठक स्थगित भएको छ । एमालेले भरतपुर महानगरपालिकाको मतगणना सुचारुको माग गर्दे व्यवस्थापिका संसद बैठक अबरुद्ध पारेपछि बैठक स्थगित भएको हो ।

सभामुख ओनसरी घर्तीले विहिबारको संसद बैठक सुरु भएको जनाउ दिने वित्तिकै एमालेका सांसदहरुले उभिएर बैठक अवरोध गरेका हुन् । अवरोधका बीच नेकपा माओवादीका सांसद रामनारायण विडारीले नियमापत्ति जनाएपछि बैठकको माहोल भिन्न बनेको थियो । प्रमुख प्रतिपक्षी नेकपा एमालेले उठेर अवरोध जनाईरहेको समयमा नियमापत्तिका लागि बोल्न दिन नसक्ने सभामुखले बताएपछि सांसद विडारीले एकोहोरो नियमापत्ति भनेपछि बैठक हाँसोले गुञ्जयमान भएको थियो ।

एमालेका सांसदले उभिएर विरोध जनाएपछि सभामुख घर्तीले जेठ २१ गते बिहान ११ बजे सम्मका लागि बैठक स्थगित गरिन् । संसद सचिवालयले विहिबारको बैठकमा राष्ट्रपतिको कार्यालयबाट बहुमतको आधारमा प्रधानमन्त्रीको निर्वाचन सम्पन्न गर्ने सम्बन्धी पत्रको व्यहोरा सभामुखले पढेर सुनाउने, अर्थमन्त्री कृष्ण बहादुर महराले आर्थिक बर्ष २०७४ ÷०७५को राजश्वर र व्ययको बार्षिक अनुमान माथि छलफल सुरु गरियोस् भन्ने प्रस्ताव पेश गर्ने कार्यसुची तय गरेको थियो ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org