ताजा समाचार

वाणिज्य मन्त्री रोमी गौचन भन्छन्, ‘राजनीति गर्न समस्या भयो अब पत्रकारिता गर्छु’

काठमाडौं, १८ जेठ । विभिन्न कारणले चर्चामा आइरहेन वाणिज्य मन्त्री रोमी गौचनले अब पत्रकारिता गर्ने बताएका छन् । राजनीति गर्न समस्या भएको भन्दै गौचनले अब पत्रकारिता गर्ने बताएका हुन् । आफ्नो स्वभावले राजनीति गर्न समस्या देखिएकोले अब पत्रकारिता मार्फत् सामाजिक शुद्धिकरणमा लाग्ने उनको भनाई छ ।

उनले आफ्नो १० महिने कार्यकालको समिक्षा गर्न वाणिज्य मन्त्रालयमा आयोजना गरेको कार्यक्रममा यस्तो बताएका हुन् । २–३ दिनदेखि उनले अनलाइन वा साप्ताहिक पत्रिका खोल्ने गरि दर्ताको प्रक्रिया अगाडी बढाएको पनि जानकारी दिए । उनले ‘सोझो’ पत्रकारिता गर्ने समेत बताएका छन् ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org