ताजा समाचार

भरतपुरमा मतपत्र च्यात्ने माओवादीका दुई कार्यकर्ता जनही १ लाख धरौटीमा छुटे


चितवन, १८ जेठ । भरतपुर महानगरपालिकामा मतपत्र च्यात्ने दुई जना माओवादी कार्यकर्ता धरौटीमा रिहा भएका छन् । च्यातिएको मतपत्रबारे के गर्ने भन्ने निर्णय नहुँदै मतपत्र च्यात्ने दुई माओवादीका कार्यकर्ता धरौटीमा रिहा भएका हुन् । जिल्ला अदालत चितवनले जेठ १४ गते मध्यरात मतगणना भइरहेका बेला मतपत्र च्यातेको अभियोगका पक्राउ गरेका माओवादी कार्यकर्ता मधु न्यौपाने र द्रोण सिवाकोटीलाई जनही १ लाख रुपैयाँ धरौटीमा रिहा गरेको हो ।

उनीहरुलाई प्रहरीले मतगणनास्थलबाटै पक्राउ गरेको थियो । न्यौपाने वाइसीएलका जिल्ला अध्यक्ष हुन् भने सिवाकोटी वाईसीएलकै सदस्य हुन् । न्यायाधीश बासुदेव पौडेलको इजलासले निर्वाचन (कसुर तथा सजाय) ऐन, २०७३ को दफा १६ माको उपदफा २ बमोजिम धरौटीमा छाड्न आदेश दिएको अदालतका निमित्त श्रेष्तेदार धनिप्रसाद चापागाईले जानकारी दिए ।

मतगणना भइरहेको अवस्थामा मतपत्र नै च्यात्ने र जवरजस्ती गर्नेलाई एक लाख रुपैयाँ जरिवाना र २ वर्षसम्म कैद वा दुवै सजाय हुन सक्ने कानुनी व्यवस्था छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org