ताजा समाचार

एक महिनाभित्र सबै स्थानीय तहमा कर्मचारीको व्यवस्था गरिने

काठमाडौं, १९ जेठ । स्थानीय तहमा एक महिनाभित्र कर्मचारीको व्यवस्था भईसक्ने भएको छ । सरकारले त्यसको लागी आवश्यक तयारी गरिरहेको छ । सामान्य प्रशासनमन्त्री केशवकुमार बुढाथोकीले स्थानीय तहमा कर्मचारीको व्यवस्थापन गर्न ढिलाई गर्न नहुने भन्दै एक महिनाभित्र कर्मचारीको व्यवस्थापन गरिसक्ने जानकारी दिएका छन् ।

शुक्रबार व्यवस्थापिका संसदको राज्य व्यवस्था समितिको बैठकमा बोल्दै मन्त्री बुढाथोकीले संघीय प्रशासनिक पुनर्संरचनाको कामलाई अघि बढाउन संसदीय समितिहरुलाई आग्रह गरिसकेको समेत जानकारी दिए । मन्त्री बुढाथोकीले स्थानीय तहमा जनप्रतिनिधि र बजेट पुगेपनि कर्मचारी पुग्ने अवस्था अझै नरहेकोतर्फ पनि समितिको ध्यानाकर्षण गराएको बताए । उनले स्थानीय तहमा जनतालाई सेवा दिने कर्मचारी पु¥याउने कामलाई छिटो सम्पन्न गर्न सबै निकायले चासो दिनुपर्ने बताए ।

बैठकमा समितिका सदस्यहरुले जनताको सेवालाई सहज ढंगले गर्न सक्ने गरी कर्मचारीहरुको व्यवस्थापन गर्नुपर्ने आवश्यक्ता औल्याएका छन् । संघीय प्रशासनिक पुनर्संरचना समितिले संघमा १८ वटा मन्त्रालय रहने गरी मन्त्रालय गठनसम्बन्धि प्रस्ताव राज्य व्यवस्था समितिमा पेश गरेको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org