ताजा समाचार

प्रधानमन्त्रीले प्रचण्डका छोरा प्रकाश दाहालले ‘धरौटी’ को अर्थ नै नबुझेपछि

काठमाडौं, १९ जेठ । भरतपुर महानगरमा मत पत्र च्यात्ने माओवादी केन्द्रका दुई जनालाई अदालतले जनही १ लाख रुपैयाँ धरौटीमा रिहा गरेको छ । जेठ १४ गते आइतवार राती भरतपुर महानगरपालिकाको मतगणना हुँदै गर्दा मतपत्र च्यातेर रंगे हात पक्राउ परेका माओवादीका दुई कार्यकर्ता बिहीबार धरौटीमा रिहा भए ।

चितवन जिल्ला अदालतका न्यायाधीश वासुदेव पौडेलको एकल इजलाशले उनीहरुलाई धरौटीमा छाड्न आदेश दिएको हो । माओवादीका प्रतिनिधि मधु न्यौपाने र द्रोण सिवाकोटीले मतपत्र च्यातेका थिए । उनीहरुले मतपत्र च्यातेपछि स्थगित भएको भरतपुर मतगणना अझै स्थगित नै छ ।

निर्वाचन कसुर ऐन २०७३ को दफा (१६) को उपदफा २ बमोजिम जनही एक लाख धरौटी तिरेर रिहा भएका उनीहरुलाई प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डका पुत्र प्रकाश दाहालले सत्यको जित भई निर्दोष सावित भएर रिहा भएको भन्दै खादा ओढाएको तस्बिरसहितको स्टाटस फेसबुकमा लेखेपछि उनी आलोचित भएका छन् ।

उसो त प्रकाश दाहाल आफ्नै अभिव्यक्तिको कारण आलोचनामा आएको यो पहिलो पटक भने होइन । प्रधानमन्त्री प्रचण्डको सहयोगीको रुपमा काम गर्दै आएका प्रकाशले धरौटीमा रिहा भएको व्यक्तिलाई निर्दोष सावित भएर छुटेको भनेपछि उनको बौद्धिकतामाथि धेरैले व्यंग्य गरेका छन् ।

एक लाख धरौटी तिरेर रिहा भएका उनीहरुलाई प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डका पुत्र प्रकाश दाहालले सत्यको जित भई निर्दोष सावित भएर रिहा भएको भन्दै खादा ओढाएको तस्बिरसहितको स्टाटस फेसबुकमा लेखेपछि उनको आलोचना भएको हो ।

हुन त आफ्ना पार्टीका व्यक्ति रिहा हुनुमा प्रकाश दाहालले खुशी मनाउनु स्वभाविक होला तर प्रधानमन्त्रीका पुत्र त्यसमाथि प्रधानमन्त्रीकै सहयोगीको रुपमा रहेका उनले धरौटीमा रिहा हुनुलाई सत्यको जित भन्दै निर्दोष सावित भई रिहा भएको लेखेपछि आलोचना र विवादमा तानिएका हुन् । यसबाट पनि उनको बौदिकतामाथि प्रश्नचिन्ह खडा भएको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org