ताजा समाचार

संसद बैठक मंगलबारका लागि सर्‍यो, देउवाले प्रधानमन्त्री बन्न मंगलबारसम्म कुर्नुपर्ने

टिभी अन्नपूर्ण, काठमाडौं । व्यवस्थापिका संसदको बैठक मंगलबारसम्मको लागि स्थगित भएको छ । प्रमुख तीन दलबीच सहमति हुन नसकेपछि व्यवस्थापिका संसदको बैठक पर्सि मंगलबारसम्मका लागि स्थगित भएको हो । व्यवस्थापिका संसद सचिवालयले सुचना टांसेर प्रधानमन्त्रीको निर्वाचन मंगलबार ११ बजे सम्मका लागि सारेको जनाएको हो ।

संसदको गतिरोध खुलाउने विषयमा प्रमुख तीन दलका र्शीष नेताहरुबीच छलफल भएको थियो । सभामुख ओनसरी घर्तीको पहलमा बसेको बैठकमा नेताहरु आ आफ्नै अडानमा रहेकापछि सहमति हुन सकेन् । अन्ततः संसद बैठक स्थगित भएको हो । यससँगै नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको सत्तारोहण लम्बिएको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org