ताजा समाचार

शेरबहादुर देउवालाई प्रधानमन्त्रीमा कमल थापाले पनि समर्थन गर्ने

काठमाडौं, २१ जेठ । अन्ततः राष्ट्रिय प्रजातन्त्र पार्टीले शेरबहादुर देउवा नेतृत्वको सरकारलाई समर्थन गर्ने भएको छ । आइतबार दिउँसो नयाँ बानेश्वरमा बसेको राप्रपा संसदीय दलको बैठकले देउवा सरकारलाई समर्थन गर्दै पक्षमा मतदान गर्ने निर्णय गरेको हो ।

उपप्रधानमन्त्री नपाएसम्म सरकारमा नजाने अडानमा रहेका राप्रपा अध्यक्ष कमल थापाले अन्ततः सरकारमा सहभागी हुने निर्णय गराएका छन् । देउवा सरकारलाई समर्थन गर्नेबारे राप्रपामा कुनै विवाद नरहेको र सर्वसम्मत रुपमा देउवा सरकारलाई समर्थन जनाउने निश्कर्ष निकालिएको राप्रपाका सहप्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए ।

कांग्रेस सभापति शेरबहादुर देउवाले लिखित पत्र पठाएर राप्रपालाई सरकारमा सहभागी हुन आग्रह गरेका थिए ।राप्रपालाई देउवाले चारवटा मन्त्रालय दिने आश्वासन दिएका छन् ।

यसअघि उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरम नेपालले पनि कांग्रेस सभापति शेरबहादुर देउवालाई समर्थन गर्ने निर्णय गरिसकेको छ । समाजवादी फोरमले सरकारलाई समर्थन गरेपनि सरकारमा भने सहभागी नहुने निर्णय गरेको थियो ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org