ताजा समाचार

के देउवा मंगलबार प्रधानमन्त्री बन्लान ? यी हुन् देउवालाई समर्थन दलहरु

काठमाडौं, २१ जेठ । काँग्रेस सभापति शेरबहादुर देउवा मुलुकको ४० औं प्रधानमन्त्री बन्ने तरखरमा छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राजीनामा दिएपछि देउवाको प्रधानमन्त्री बन्ने बाटो खुलेको हो । यसअघि तीन पटक प्रधानमन्त्री भईसकेका देउवा गणतन्त्र आएपछि भने पहिलो पटक प्रधानमन्त्री बन्न लागेका हुन् । उनी प्रधानमन्त्री बन्नमा अहिले एमाले बाधक बनिरहेको छ ।

एमालेले देउवालाई कुनैपनि हालतमा प्रधानमन्त्री बन्न नदिने मनसाय बनाएको छ । त्यसैअनुसार एमालेले सदन अबरुद्ध गर्दै आईरहेको छ । खाने मुखलाई जुंगाले छेक्दैन्, भनेजस्तै देउवालाई प्रधानमन्त्री बन्न एमालेले रोक्न सक्दैन् । अहिले वर्तमान सरकारसँग सत्तागठबन्धन बनाएको काँग्रेसले देउवालाई प्रधानमन्त्री बनाउन यहि गठबन्धन प्रयाप्त छ । आजको लागि तोकिएका प्रधानमन्त्री निर्वाचनको समय मंगलबारको लागि सरेको छ ।

एमालेले संसद बैठक अवरोध गर्ने बताएपछि संसद बैठक मंगलबार विहान ११ बजेसम्मको लागि सारिएको हो । आज विहान ११ बजे बोलाईएको बैठकमा एमालेले अवरोध गर्ने बताएपछि बैठक स्थगित गरेर शीर्ष नेताहरुको बैठक बोलाईएको थियो । शीर्ष नेताहरुको बैठकमा पनि सहमति हुन नसकेपछि मंगलबारको लागि धकेलिएको छ ।

देउवालाई क-कसको समर्थन छ ?

देउवा प्रधानमन्त्री बनेको हेर्न चाहनेहरु मधेशवादी दलहरुदेखि लिएर राप्रपासम्म रहेका छन् । उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरम नेपाल, कमल थापा नेतृत्वको राप्रपा त्यस्तै राजपाले पनि समर्थन गर्ने निर्णय गरिसकेका छन् । कमल थापा नेतृत्वको राप्रपाले भने सरकारमा नै सहभागी हुने बताएको छ भने अन्य राजपा र समाजवादी फोरमले देउवालाई समर्थन गर्ने तर सरकारमा सहभागी नहुने बताएको छ ।

त्यस्तै देउवालाई विजय गच्छदार नेतृत्वको फोरम लोकतान्त्रिक, कुमार खड्का नेतृत्वको अखण्ड नेपाल पार्टीको समथर्न रहेको छ । त्यस्तै वर्तमान सरकारमा विज्ञान तथा प्रविधि मन्त्री रहेका प्रेमबहादुर सिंहको समाजवादी जनता पार्टी र वातावरणमन्त्री रहेका जयदेव जोशीको नेकपा संयुक्तको समर्थन रहेको छ ।

यस्तो छ अंकगणितीय तथ्यः

आइतबार मात्रै ३७ सांसद रहेको राप्रपा,१५ सांसद रहेको उपेन्द्र यादव नेतृत्वको संघीय समाजबादी फोरम र २५ जना सांसद रहेको राजपा नेपालले देउवालाई समर्थन गर्ने निर्णय गरेका छन् । यी तीन दलको समर्थनसँगै देउवाको समर्थन दुई तिहाई नजिक पुगेको छ । हाल संसदमा रहेको सांसद संख्या ५९७ मा दुई तिहाइका लागि ३९८ सांसद आवाश्यक पर्छ ।

देउवाले यो विचमा १० जना अरु सांसदको समर्थन जुटाउन सके उनी दुई तिहाइ सांसदको समर्थनमा प्रधानमन्त्री बन्न सक्छन् । यसअघि नेपाली कांग्रेस, माओवादी केन्द्र लगायतको पुरानो गठबन्धनमा ३११ जना सांसद रहेका थिए । देउवालाई सरकार गठन गर्न चाहिने बहुमत सांसद संख्या २९७ आवाश्यक रहेपनि प्रधानमन्त्रीका लागि हुने निर्वाचनमा समर्थन गर्ने दलको संख्यासँगै सांसद संख्या पनि बढ्दै गएको हो ।

विपक्षको यस्तो छः

अहिलेसम्म देउवाको विपक्षामा देखिएका मध्ये नेकपा एमालेसहित १९८ सांसद छन् । जसमा एमाले १८१, माले ५, नेमकिपा ४, जनमोर्चा ३, परिवार दल २, बहुजन शक्ति १ बौद्धिक जनपरिषद नेपाल १ र मधेस समता पार्टी १ रहेका छन् ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org