ताजा समाचार

एमालेमाथि राति हमला गर्दै गृहमन्त्री निधिले भने, ‘एमालेसँग मत छैन, खाली फत–फत छ’

काठमाडौं, २२ जेठ । सामान्यतया राती नै सामाजिक सञ्चालमा देखिने गृहमन्त्री बिमेन्द्र निधिले एमालेमाथि हमला गरेका छन् । आइतवार राती साढे १० बजेतिर उपप्रधानमन्त्री एवम् गृहमन्त्री निधिले एमालेमाथि हमला गर्दै दुई वटा ट्वीट गरेका हुन् । उनको पहिलो ट्वीटमा छ–संसदको बैठक बस्न नदिएर नयाँ प्रधानमन्त्रीको लागि निर्वाचन हुन नदिनु लोकतन्त्रघाती काम हो । एमालेको यो अन्तरध्वसी भूमिका हो । बंधक बनाउँन पाइदैन ।’

 त्यस लगत्तै निधिको अर्को ट्वीट छ–प्रधानमन्त्री पदको निर्वाचनमा शेरबहादुर देउवाले ३९१ मत पाउने पक्का भयो । अरु पनि आउँदैछन् । एमालेसँग उम्मेदवार पनि छैन, मत पनि छैन । खाली फत–फत छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org