ताजा समाचार

देउवा दुई तिहाई बहुमतसहित प्रधानमन्त्री बने एक साताभित्रै संविधान संशोधन गरिने

काठमाडौं, २२ जेठ । मुलुकले भोलि ४० औं प्रधानमन्त्रीको रुपमा काँग्रेस सभापति शेरबहादुर देउवालाई पाउने निश्चित भएको छ । भोलि हुने प्रधानमन्त्री निर्वाचनमा देउवाको एकल उम्मेघवद्धवारी परेको छ । नेकपा माओवादी केन्द्रका अध्यक्ष एवम् हालका कामचलाउ प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड प्रस्तावक र कांग्रेस बरिष्ठ नेता रामचन्द्र पौडेल समर्थक रहेर देउवा प्रधानमन्त्रीको उम्मेद्धवार बनेका हुन् । देउवाको पक्षमा स्पष्ट बुहमत रहेको छ ।

तर उनी यतिवेला दुई तिहाईको प्रधानमन्त्री बन्ने दाउमा छन् । व्यवस्थापिका संसदको चौथो ठूलो शक्ति राप्रपासँगै संघीय समाजवादी फोरम नेपाल, नेपाल लोकतान्त्रिक फोरम नेपाल, राजपा नेपालले प्रधानमन्त्रीमा देउवालाई समर्थन गर्ने निर्णय गरेका छन् ।

प्रमुख विपक्षी नेकपा एमालेले संसद अवरोध कायमै राख्ने अडान लिएपछि आइतबारका लागि निर्धारित प्रधानमन्त्री निर्वाचनलाई भने मंगलबार अर्थात भोलि दिउँसो १ जबेसम्मका लागि सारिएको हो । तर, प्रधानमन्त्रीका एक्ला उम्मेदवार कांग्रेस सभापति देउवाको पक्षमा समर्थन भने झनै थपिँदै गईरहेको छ । उनलाई संसदका केही साना दलहरुलेपनि समर्थन गर्ने निर्णय गरिसकेका छने । एक सिटे सांसद भएका दलहरुलेपनि देउवालाई नै समर्थन गर्ने निर्णय गरिसकेका छने ।

यसो हुँदा देउवालाई दुई तिहाईको प्रधानमन्त्री बन्न जम्मा ५ सिटको मात्रै आवश्यकता देखिएको छ । त्यो पनि उनले आज साँझ र भोलि विहानसम्म आफ्नो पक्षमा समर्थन जुटाईहाल्ने संभावना देखिएको काँग्रेस स्रोतको दाबी छ । देउवा दुई तिहाईको प्रधानमन्त्री बने उनले एक हप्ताभित्रै संविधान संशोधन प्रस्तावलाई पारित गराउने तयारी समेत अहिले नै थालेका छन् ।

मधेशी मोर्चा, थारु, आदिवासी, जनजातिका माग पूरा गराउनको लागि पनि संशोधन प्रस्ताव पारित गराउने उनको चाहना छ । त्यसको लागी देउवाले आन्तरिक छलफल गर्ने देखि अन्य दलहरुसँग समेत छलफलको गृहकार्य गरिरहेका छन् । स्पष्ट वहुमत पुगेमा देउवा एक साताभित्र संविधान संशोधन गराएर मधेशवादी दलहरुलाई समेत निर्वाचन ल्याउने मनसायमा रहेका छन् ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org