ताजा समाचार

व्यवस्थापिका संसदद्धारा प्रधानन्यायाधीश कार्कीमाथि लगाईएको महाभियोग प्रस्ताव फिर्ता

काठमाडौं, २३ जेठ । व्यवस्थापिका संसदको बैठकले प्रधानन्यायाधीश सुशीला कार्कीविरुद्धको महाअभियोग प्रस्ताव फिर्ता लिएको छ । आज बसेको संसद बैठकले प्रधानन्यायाधीश सुशीला कार्कीमाथिको लगाइएको महाअभियोग प्रस्ताव फिर्ता लिइएको घोषणा गरिएको हो ।

सभामुख ओनसरी घर्तीले महाअभियोग प्रस्ताव फिर्ताको आधिकारिक जानकारी गराएकी थिइन् । प्रहरी महानिरीक्षक नियुक्ति प्रकरणको मुद्दा फैसला गर्दा कार्यपालिकाको अधिकारमाथि हस्तक्षेप गरेको आरोप लगाउँदै वैशाख १७ गते व्यवस्थापिका संसदमा काँग्रेस र माओवादी केन्द्रका दुई सय ४९ जना सांसदहरुको हस्ताक्षरसहित महाअभियोग प्रस्ताव दर्ता गरिएको थियो।

काँग्रेस सांसद मिन विश्वकर्मा प्रस्तावक रहेको प्रस्तावको समर्थक माओवादी केन्द्रका प्रमुख सचेतक टेकबहादुर बस्नेत रहेका थिए । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले महाअभियोग प्रस्ताव फिर्ता नलिएसम्म संसद अवरोध जारी राखेपछि सत्तापक्षले महाअभियोग प्रस्ताव फिर्ता लिएको हो ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org