ताजा समाचार

मन्त्रीको टुंगो लगाउन काँग्रेस पदाधिकारी बैठक बूढानीलकण्ठमा

काठमाडौं, २४ जेठ । मन्त्रीको टुंगो लगाउन बूढानीलकण्ठमा नेपाली काँग्रेसको पदाधिकारी बैठक बसिरहेको छ । कांग्रेसका तर्फबाट पहिलो चरणमा मन्त्रीमण्डलमा समाबेश हुने मन्त्रीहरुको टुङ्गो लगाउन पदाधिकारी बैठक प्रधानमन्त्री एवं सभापति शेरबहादुर देउवा निवास बुढानिलकण्ठमा बसिरहेको छ ।

बैठकमा कुन कुन नेतालाई मन्त्रीपरिषद्मा सहभागि गराउने भन्ने विषयमा छलफल भइरहेको बताइएको छ । कांग्रेस नेता मिन बिश्वकर्माका अनुसार पदाधिकारी बैठकमा बरिष्ठ नेता रामचन्द्र पौडेल, नेता गोपालमान श्रेष्ठ, शसांक कोइराला लगायत सहभागि छन् ।

कांग्रेस उच्च श्रोतका प्रधानमन्त्री देउवाले पहिलो चरणमा सरकारमा कांग्रेसबाट २ जनामात्रै मन्त्रि सहभागि गराउने छन् । यद्यपी नेता ज्ञानेन्द्रबहादुर कार्की, महेश आचार्य र गोपालमान श्रेष्ठको नाम चर्चामा आएपनि उनिहरुलाई कुनकुन मन्त्रालयको जिम्मेवारी दिने भन्ने निर्णय पदाधिकारी बैठकले नै निर्णय गर्नेछ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org